समाज

तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला

काठमाडौंको तारकेश्वर नगरपालिका-८ स्थित पिपलडाँडा, टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका-३ घर भई हाल तारकेश्वर-४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको बताए। तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले बताइन्।

- रासस 

प्रकाशित: ५ श्रावण २०८२ १०:३९ सोमबार

# Nagariknews