समाज

देवघाटमा महिला मृत फेला

सांकेतिक तस्बिर

चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित तिमिल्सिना कुल मन्दिरको हलभित्र एक महिलाको मृत अवस्थामा फेला परेकी छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ८ः३० बजे हालसम्म नाम, थर र स्थायी वतन नखुलेकी अन्दाजी ५० देखि ५५ वर्ष उमेरकी महिलाको मृत्यु भएको अवस्थामा फेला परेकी हुन् । ती महिला देवघाट क्षेत्रमा मागेर जीविकोपार्जन गर्दै हिँड्ने गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले कानुन बमोजिम मुचुल्का लगायतका आवश्यक प्रक्रिया पूरा गरेको जनाएको छ। मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ १६:०२ मंगलबार