चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका–१० की ५० वर्षीया पार्वती डाँगीको चितुवाको आक्रमणबाट बुधबार दिउँसो मृत्यु भएको हो।
फेनापति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटनास्थलमै महिलाको ज्यान गएको डीएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिए।
यस्तै गत बुधबार चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको ज्यान गएको थियो।
प्रकाशित: ९ पुस २०८२ १४:२५ बुधबार