लगातारको वर्षासँगै शनिबारको हुरीले यहाँको धानबालीमा क्षति भएको छ।
नेपालगञ्ज-१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ। डुडुवा गाउँपालिका-५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ।
कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताइन्।
प्रकाशित: ११ आश्विन २०८३ ०९:३६ आइतबार