कपिलवस्तुको बाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा १६ औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी हुने भएको छ ।
जीतपुर चार नम्बरस्थित बुद्ध रंगशालामा मंसिर १८ देखि पुस १ गतेसम्म हुने महोत्सवको हुने भएको हो । आयोजक बाणगंगा बेलफेयर सोसाइटीले पत्रकार सम्मेलन गरी महोत्सवबारे आन्तरिक तयारी पूरा भएको जनाएको छ ।
युवालाई स्थानीय व्यवसाय प्रवद्र्धनमा स्वदेशमै राम्रो सम्भावना र अवसर देखाउन कृषि, उद्योग र पर्यटनसँग सम्बन्धित उत्पादन तथा प्रविधि प्रदर्शनी संस्थाको अध्यक्ष तथा महोसत्वका संयोजक राज कुमार खाणले बताए ।
सांस्कृतिक कार्यक्रम, व्यापार मेला र मनोरञ्जनात्मक गतिविधि प्रदर्शन गरिनेछ । लागूऔषध दुव्यर्सनविरुद्ध र ट्रफिक सचेतना कार्यक्रम, जिल्लाको पर्यटन प्रवद्र्धन र शैक्षिक गतिविधि पनि प्रदर्शन गरिनेछ ।
आन्तरिक तयारी सकेर भौतिक संरचना निर्माण थालिएको खाँणले बताए । महोत्सवमार्फत जिल्लाको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक पहिचानलाई प्रदेश र राष्ट्रिय स्तरमा प्रवद्र्धन गरेर पहिचान स्थापित गर्ने उद्देश्य रहेको बताए ।
‘कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौलो बिहानी’ नाराका साथ जिल्लाका सम्भावना र अवसरलाई प्रदेशभर चिनाउने माध्यम बनाउने गरी महोत्सवको तयारी भइरहेको आयोजक संस्था वाणगंगा वेलफेयर सोसाइटीका महासचिव बुद्धिबहादुर रोकाहा क्षेत्रीले बताए ।
महोत्सवको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउने गरी तयारी गरिएको पनि उनले जनाए । निजी सेक्युरिटी कम्पनीसँग सम्झौता गरी ४० जना सुरक्षाकर्मी परिचालन, सीसी क्यामरा जडान र ड्रोनमार्फत निगरानी गरिने भएको छ । त्यस्तै स्थानीय प्रहरी, सशस्त्रसँग समन्वय र सय बढी स्वयंसेवक परिचालन गरिनेछ ।
महोत्सवलाई प्रदेश कै उत्कृठ बनाउन आफुहरु लागि परेको आयोजकले जनाएको छ । आन्तरिक र घरेलु उत्पादनलाई प्राथमिकताका साथ अघि बढाउने तयारी गरिएको छ ।
प्रकाशित: ३ मंसिर २०८२ १७:०० बुधबार