समाज

आज देशभर मौसम सफा रहने

फाइल तस्बिर

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ।

कोशी, कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। विभागका अनुसार आज राती देशभरको मौसम मुख्यताया सफा रहने छ।

प्रकाशित: ४ कार्तिक २०८२ ०६:५५ मंगलबार