लगातारको अविरल वर्षापछि इन्द्रसरोवर ताल (ड्याम) मा पानीको बहाव बढेको छ।
आइतबार बिहान ६ः३० बजेसम्म पानीको बहाव १ हजार ५२५.१५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यसैबीच, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिक र ज्यामिरे क्षेत्रमा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय धादिङले छुट्टाछुट्टै सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाएका छन्।
प्राप्त सूचनाअनुसार २०८३ असोज १० गतेदेखि पोखरातर्फ जाने सवारीसाधनलाई चितवनतर्फ जान दिइएको छ। तर कृष्णभीर र ज्यामिरे क्षेत्रमा पहिरोका कारण राजमार्गको आवागमन प्रभावित भएको प्रशासनले जनाएको छ।
वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्बन्धित प्रशासनको सूचनालाई पालना गर्न आग्रह गरिएको छ।
प्रकाशित: ११ आश्विन २०८३ ०७:१३ आइतबार