समाज

भीषण वर्षाले गाउँ डुबानमा : सप्तकोशी नगरपालिकाका ६ परिवारको उद्धार

निरन्तरको भीषण वर्षाबाट डुबानमा परेका सप्तरीको सप्तकोशी नगरपालिका–६ बोचहीका ६ परिवारलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। उद्धार गरिएकाहरूलाई स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिएका छन्।

सप्तकोशी नगरपालिकाका ६ र २ नम्बर वडा डुबानबाट बढी प्रभावित बनेको प्रजिअ पोखरेलले बताए। डुबानका कारण ६० देखि ७० घरपरिवार प्रभावित बनेको प्रारम्भिक जानकारी आएको छ।

उनले नागरिकन्युजसित भने, 'प्रभावित स्थल पुगेर सुरक्षाकर्मीहरू लागत संकलन तथा उद्धारमा सक्रिय भैसकेका छन्।'

प्रकाशित: १९ आश्विन २०८२ १२:११ आइतबार