समाज

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाउने रास्वपा सांसद गुप्ताको भिडियो भाइरल, कारबाहीको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ताको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनमा कडाइ गरिरहेका बेला सिरहा निर्वाचन क्षेत्र नम्बर १ का सांसदले नै यसरी नियम उल्लंघन गरेपछि सर्वसाधारणले कारबाहीको माग गरेका छन्।

भाइरल भिडियोमा सांसद गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा भिडियो बनाइरहेको देख्न सकिन्छ। गुडिरहेको सवारीसाधनमा सुरक्षाको बेवास्ता गर्दै यात्रा गरेको भन्दै सामाजिक सञ्जालमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई मेन्सन गर्दै उनीमाथि तत्काल कारबाही गर्न माग गरिएको छ। 

हालसम्म यस घटनाबारे सांसद गुप्ता वा सम्बन्धित निकायको कुनै औपचारिक प्रतिक्रिया बाहिर आएको छैन।

यसअघि, गुडिरहेको कारको झ्यालबाट आधा जिउ बाहिर निकालेर रमाइलो गरिरहेको भिडियोका कारण रास्वपाकै सांसद सृष्टि भट्टराई पनि विवादमा आएकी थिइन्। सर्वसाधारणले उनीमाथि पनि कारबाहीको माग गरेपछि सांसद भट्टराईले स्पष्टीकरण दिँदै उक्त भिडियो आफ्नो सार्वजनिक जिम्मेवारी वा सांसद पदमा निर्वाचित हुनुभन्दा धेरै अगाडिको निजी समयको पुरानो भिडियो भएको बताएकी थिइन्।

प्रकाशित: ८ श्रावण २०८३ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App