समाज

बिपी राजमार्गमा सवारी साधन ‘होल्ड’

शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा लेदाेसहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोकेको छ।

यात्री र सवारी साधनको सुरक्षाकाे ख्याल गर्दै ती स्थानबाट अगाडि जाने अनुमति नदिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल धाँजुले बताए।

यसैबीच पहिरोका कारण बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी  सञ्चालन भएको छ। धुलिखेल–खावाखण्ड अन्तर्गत तिरतिरे धारामा पहिरो खसेकाले राजमार्गमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन गरिएको छ।  

प्रकाशित: १८ आश्विन २०८२ ११:२४ शनिबार