समाज

काठमाडौं उपत्यकामा सवारीसाधनको प्रदूषण परीक्षण (तस्बिरहरू)

वायु प्रदूषण न्यूनीकरणका लागि वातावरण व्यवस्थापन विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा काठमाडौं महानगरपालिका क्षेत्र भएर गुड्ने सवारी साधनहरूको नियमित प्रदूषण चेकजाँच गर्दै आएको छ ।

फेल भएका सवारी साधनहरूलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रचलित व्यवस्था अनुसार कारबाहीको दायरामा ल्याउने गरेको छ। यस्ता सवारी साधन आवश्यक मर्मत गरेर तोकिएको मापदण्ड पूरा गरेपछि मात्र पुन:सञ्चालन गर्न पाइने महानगरपालिकाले जनाएको छ।

प्रकाशित: २७ वैशाख २०८३ ०८:३८ आइतबार