समाज

आगजनी भएपछि उपत्यका प्रहरी कार्यालय पुलिस क्लब सर्‍यो

उपत्यका प्रहरी कार्यालय जेन-जी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त भएपछि सरेको छ ।  

कार्यालयमा पूर्ण क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी अहिले पुलिस क्लबमा सरेको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर भक्तपुरको कमाण्ड गर्ने र अपराध अनुसन्धान कार्यालय टेकुको कमाण्ड गर्ने यो कार्यालय अहिले पुलिस क्लब भृकुटीमण्डपबाट सञ्चालन हुन थालेको हो ।

 

प्रकाशित: ३ आश्विन २०८२ १९:१० शुक्रबार