नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बाढीका कारण फसेका नागरिकहरूको उद्धार कार्य तीव्र पारिएको छ।
नेपाली सेनाका अनुसार अबको करिब एक घण्टाभित्र सुरुङको प्रवेशद्वार खोल्ने (ब्रेक थ्रु) तयारी अन्तिम चरणमा पुगेको छ।
सुरुङको मुख खोलेलगत्तै त्यहाँ फसेका मानिसहरूको प्रत्यक्ष खोजी तथा उद्धार कार्य सुरु गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उद्धार कार्यलाई प्रभावकारी बनाउन सेनाले नुवाकोटको बट्टार पुर्याइएका स्काभेटर र डोजरलाई खण्ड-खण्ड पारेर हेलिकप्टरमार्फत आयोजनास्थलमा ढुवानी गरेको छ।
प्रकाशित: १४ भाद्र २०८३ १४:५३ आइतबार