समाज

अपडेट: भद्रपुरको विमान दुर्घटनामा सबै यात्रु सकुशल

झापाको भद्रपुर विमानस्थलमा भएको विमान दुर्घटनामा सवार सबै यात्रु सुरक्षित भएका छन् । अवतरणका क्रममा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।  

काठमाडौंबाट भद्रपुर गएको नाइन एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा सवार सबै ५१ जना यात्रु सुरक्षित छन् ।  

प्रकाशित: १८ पुस २०८२ २२:०० शुक्रबार