बाराको कलैयाबाट शनिबार साँझ हराएकी दुई वर्षीया बालिकालाई प्रहरीले रातभरको प्रयासपछि सकुशल फेला पारिएको छ।
कलैया उपमहानगरपालिका-१ कटि पर्सा टोल निवासी मुकेश कुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार साँझ साढे पाँच बजे आफ्नै घर अगाडिबाट हराएकी थिइन्। बालिकाका हजुरबुवा मदन मण्डलले राति पौने नौ बजे अस्थायी प्रहरी पोस्ट बसपार्कमा खबर गरेपछि प्रहरीले तत्काल खोजी कार्य सुरु गरेको थियो। खोजीका लागि विभिन्न समूहमा प्रहरी टोली परिचालन गर्नुका साथै कुकुरसहितको टोली पनि खटाइएको थियो।
रातभरको प्रयासपछि आइतबार बिहान पौने छ बजे कलैया उपमहानगरपालिका-२६ सिस्वास्थित बाटोमा बालिकालाई सकुशल फेला पारिएको हो। त्यसपछि आइतबार बिहान ११ बजे बालिकालाई उनका बुवा मुकेश कुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाइएको प्रहरीले जानकारी गराएको छ।
प्रकाशित: ७ भाद्र २०८३ १३:५७ आइतबार


