सुनसरीको धरान उपमहानगरपालिका-१९ मा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
दिपेन्द्र मार्ग निवासी बुद्धि बहादुर तामाङकी २ वर्षीया छोरी युमी तामाङको घर नजिकैको पोखरीमा डुबेर आइतबार बिहान ज्यान गएको हो।
प्रहरीका अनुसार, खेल्ने क्रममा अचानक पोखरीमा खस्न पुगेकी बालिकालाई परिवारले उद्धार गरी तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगेका थिए।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रकाशित: २ कार्तिक २०८२ १८:२४ आइतबार