सर्लाहीमा सशस्त्र प्रहरीले दुई जना थाई नागरिकलाई नियन्त्रणमा लिएको छ।
नेपाल भारत सीमा क्षेत्र अन्तर्गत मलंगवा नगरपालिका–९ पिपलबोट सीमा क्षेत्रबाट सशस्त्र प्रहरी गस्ती टोलीले भारततर्फ जाँदै गरेका दुई जना थाइल्यान्डका नागरिकलाई नियन्त्रणमा लिएको हो।
सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लीला बहादुर कार्कीको कमान्डमा खटिएको टोलीले मलंगवाबाट अवैध बाटो प्रयोग गरी भारततर्फ जाँदै गरेका थाइल्यान्ड निवासी ३६ वर्षीय मिस नाथाया विआंग्युन र ४० वर्षीय मिस जुतारात सोंगखानजुनलाई नियन्त्रण लिएको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरी मलंगवा गुल्मका प्रमुख डिएसपी लीला कार्कीले जानकारी दिए।
प्रकाशित: २१ चैत्र २०८२ १७:५४ शनिबार