पौडी खेल्ने क्रममा म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीस्थित म्याग्दी खोलाको बिचमा फसेका दुई युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
मंगलबार सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षीय मिन बहादुर श्रीपाली र २७ वर्षीय कमल श्रीपालीकाे प्रहरीले सकुशल उद्धार गरेको हो। उनीहरू पौडी खेल्ने क्रममा उक्त खोलाको बिच भागमा फसेका थिए ।
सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दीबाट सशस्त्र प्रहरी निरीक्षक आकाश सुचिकारको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले थ्रो ब्याग, रोप रेस्क्यु विधि अपनाई दुवै जनाको सकुशल उद्धार गरेको हो । उद्धार गरिएका दुवै जनाको अवस्था भने सामान्य रहेको छ।
प्रकाशित: ३ भाद्र २०८२ १८:१६ मंगलबार