समाज

मोटरसाइकल र कार दुर्घटनामा दुई युवाको मृत्यु

मोटरसाइकल र कार ठाेक्किँदा शुक्रबार राति दुई युवाको ज्यान गएको छ।

मधुवन -४ स्थित हुलाकी सडक खण्डमा ओराली बजारबाट ढोढरीतर्फ आउदै गरेको इभी गाडी र विपरीत दिशाबाट आएको मोटरसाइकलसित ठक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा ठाकुरबाबा- ५ शाहीपुर बस्ने २१ बर्से सुशीलकुमार थारु र साेही पालिका मानपुर बस्ने २५ बर्से करण थारुको मृत्यु भएको हो।

टाउकोमा चोट लागेको दुवै घाइतेको बर्दिया अस्पताल गुलरियामा ल्याई मृत घोषणा गरेको शव बर्दिया अस्पतालमा राखिएको छ।गाडी र चालक नियन्त्रणमा लिएको डिएसपी देवेन्द्र मल्ल्ले बताए।

प्रकाशित: ३ माघ २०८२ ०८:०५ शनिबार