समाज

इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक गएराति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४ ००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गएराति पौने १२ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवै जनालाई उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। उपचारका क्रममा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्।

मृतक दुवै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालक फरार रहेका र उनको खोजी भइरहेको डीएसपी खड्काले जानकारी दिएका छन्।

प्रकाशित: २२ कार्तिक २०८३ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App