समाज

खानामा मरेको साङ्लो परेपछि दुई लाख जरिवाना

खानामा मरेको साङ्लो फेला परेपछि रु दुई लाख जरिवाना गरिएको छ।

वीरगञ्ज–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई उक्त जरिवाना तोकिएको हो।

ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो फेला परेको थियो।

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए।

प्रकाशित: २६ कार्तिक २०८३ १६:३७ बिहीबार