समाज

बर्दियामा बाघ र चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु

बर्दियामा बाघ र चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। मधुवन नगरपालिका–९ स्थित तोरीबारीमा पाटे बाघको आक्रमणबाट ४९ वर्षीय मैसरा डाँगीको ज्यान गएको छ।

यसैगरी, गुलरिया नगरपालिका–४ का नन्दराम रोकायको पनि चितुवा/बाघको आक्रमणबाट मृत्यु भएको छ। उनी बिहान करिब ११ बजेको समयमा सामुदायिक वनमा घाँस काट्न गएका बेला आक्रमणमा परेका थिए।

जिल्लामा वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन्। यस आर्थिक वर्षमा मात्रै चितुवाको आक्रमणबाट ७ जना, बाघको आक्रमणबाट २ जना र हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ। यसरी वन्यजन्तुको आक्रमणबाट हालसम्म १० जनाले ज्यान गुमाइसकेको तथ्यांक छ।

 

प्रकाशित: २२ माघ २०८२ १९:१५ बिहीबार