मोटर साइकल दुर्घटनामा परी बारामा दुई जनाको मृत्यु भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका २ पानी ट्याङकी नजिक वीरगन्ज -पथलैया सडक खण्डमा आईतबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
सिमराबाट पथलैया तर्फ जादै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र पथलैयाबाट सिमरा तर्फ आउदै गरेको बा.प्र. ०६-००३ प १७५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा रोशन चौधरी र सप्तरी निवासी महेश पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितले जानकारी दिए ।
टाउको र बायाँ खुट्टामा चोट लागेर गम्भिर घाईते भएका पण्डितलाई एलएस न्यूरो परवानिपुर बारामा उपचारको क्रममा मृत्यु भएको थियो भने चौधरीको कलैया प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बा ९० प ६७९४ नम्बर को मोटरसाईकल चौधरीले चलाएका थिए भने अर्को पण्डितले चलाएको उनले बताए।
प्रकाशित: १५ भाद्र २०८२ १७:५२ आइतबार



-1200x560-600x400.jpg)