समाज

दाङमा चितुवाको आक्रमणबाट दुई घाइते

सांकेतिक तस्बिर।

दाङको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्।

आक्रमणबाट सोही ठाउँका ५९ वर्षीय तिलकराम खड्का र ३० वर्षीय सुशील खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

आज बिहान ११ बजेतिर आक्रमण गर्दा खड्काको ओठ र दाहिने हातमा चोट लागेको छ भने बिष्टको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको भालुवाङ अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी र स्थानीयको सहयोगमा चितुवालाई नियन्त्रणमा लिई वन डिभिजन कार्यालय लमहीमा बुझाइएको प्रहरी निरीक्षक बस्नेतले बताए। रासस

प्रकाशित: २४ चैत्र २०८२ १६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App