कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको कर्बला नजिकै रहेको बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता भएका छन्।
तीनजना नुहाउन गएकामध्ये १३ वर्षीय सरफराज मुसलमान र ११ वर्षीय उबैद मुसलमान बाडगंगा नदीमा बेपत्ता भएको वडाध्यक्ष साबुद्दिन मुसलमानले जानकारी दिए। अर्का बालक अर्बाज पठान भने शनिबार साँझै सकुशल घर फर्केका थिए।
बेपत्ता बालकको नेपाल प्रहरी सशस्त्र प्रहरीको उद्धार टोलीले खोजी कार्य जारी राखेको छ।
प्रकाशित: २४ श्रावण २०८३ १२:३७ आइतबार