समाज

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरीकक्षका अनुसार नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई उक्त रकमसहित पक्राउ गरिएको हो। दुनैबाट छलतर्फ मोटरसाइकलमा गइरहेका उनीहरूलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जनाइएको छ।

प्रकाशित: १ श्रावण २०८३ ०७:५३ शुक्रबार