समाज

बाढीमा बगेर आएको शवबाट सुन निकाल्ने दुई जना पक्राउ

रसुवामा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शवबाट सुनका गहना चोरी गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

चितवन प्रहरीले बाढीले बगाएर ल्याएको मृतकको शवको  कानमा लगाएको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको हो। 

भाइरल भिडियोको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उनीहरूलाई पक्राउ गरिरहेको हो। 

प्रकाशित: ११ भाद्र २०८३ १७:४३ बिहीबार