समाज

टर्किस विमानको टायरमा आगलागी : उडान र अवतरण प्रभावित

टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सोमबार बिहान आगो लागेको थियो।

आगो देखिएपछि अहिले अन्तर्राष्ट्रिय र आन्तरिक उडान र अवतरण रोकिएको छ। विमानस्थल कार्यालयका अनुसार दिल्लीबाट आएको एयर इन्डिया र सारजहाबाट आएको एयर अरेबिया आकाशमै होल्ड भएका छन्। भने हिमालय एयरलायन्सको ल्हासा उडान डिले भएको छ। त्यसैगरी अधिकांश माउन्टेन फ्लाइट डिले भएका छन्।

विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ रहेका थिए। सबै यात्रुहरूलाई सकुशल बाहिर निकालिएको थियो। अहिले प्राविधिक जाँच भइरहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

प्रकाशित: २८ वैशाख २०८३ ०८:४३ सोमबार