समाज

ट्रक र स्कूटर ठोकिएर इलाममा दुर्घटना, दुई जनाको मृत्यु

सांकेतिक तस्बिर

इलाममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ भञ्ज्याङ गोलाईमा ट्रक र स्कूटर ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।  

झापाबाट इलामतर्फ आउॅदै गरेको प्रदेश १-०१-००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ४८९९ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार इलाम नगरपालिका-९ गोलबस्ती बस्ने २६ वर्षीय डेबिट थापामगर र माईजोगमाई गाउँपालिका-१ नयाँबजार घर भई इलाम ७ चोकबजार बस्ने १८ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको प्रहरीले जननाएको छ  छ ।  

टाउको र खुट्टामा गम्भीर चोट लागेका दुवै जना गम्भीर घाइते भइ उपचारका लागि जिल्ला अस्पताल इलाममा ल्याएकामा उपचारको क्रममा पौने चार बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।  

ट्रक चालक इलाम नगरपालिका-५  बिब्ल्याँटेका २५ वर्षीय रामप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

 

प्रकाशित: १३ मंसिर २०८२ १७:१९ शनिबार