नुवाकोटस्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२:४० बजे जारी सूचनामा महाशाखाले जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको बताएको छ।
महाशाखाले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
प्रकाशित: ९ आश्विन २०८३ १३:१६ शुक्रबार