समाज

त्रिशुली बाढी : उद्धार गरिएका तीन जनालाई टिचिङ अस्पताल ल्याइयाे

त्रिशुली बाढीमा परी घाइते भएका तीन जनालाई बुधवार नेपाली सेनाको हेलिकप्टरवाट उद्धार गरिएको छ।

उद्धार भएका मध्ये तीनैजनाको महाराजगञ्ज टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

घाइते मध्ये एक जनाको स्थिति सामान्य र दुइ जनाको स्थिति गम्भिर रहेको अस्पतालाका सहायक निर्देशक डा. पवन आचार्यले जानकारी दिए।

प्रकाशित: १० भाद्र २०८३ १३:५७ बुधबार