त्रिशूली थ्री-ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका नागरिकको उद्धारमा खटिएको सुरक्षाकर्मीको टोली सुरुङको १० मिटर भित्र प्रवेश गर्न सफल भएको छ।
नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोली सुरुङको माथिल्लो भागतर्फबाट करिब १० मिटर भित्र प्रवेश गरिसकेको हो।
उद्धार टोली सुरुङको भुइँ तहसम्म पुग्न अब करिब नजिक पुगेको फिल्डमै रहेका रास्वपा सांसद् श्रीराम न्यौपानेले दिए। अहिले सुरुङभित्र एक्साभेटरको प्रयोग गरी विष्फोट गरिएका ढुंगा तथा अन्य लेदो र अवरोधहरू पन्छाउने काम निरन्तर भइरहेको छ।
अवरोधहरू पन्छाउँदै भुइँ तहमा पुगेपछि भित्र फसेकाहरूको अवस्था पत्ता लाग्नेछ।
प्रकाशित: १८ भाद्र २०८३ १५:२९ बिहीबार