सरकारले नापी विभागमा कार्यरत नरबहादुर चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ । चन्दसहित सरकारले ३४ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सरुवा अवधि ३४ उपसचिवको सरुवा गरेको हो ।
समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । उपसचिव अच्यूत श्रेष्ठलाई गृह मन्त्रालयबाट भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पठाएको छ । नारायण खतिवडालाई गृहबाट सामान्य प्रशासन मन्त्रालय, महेश पाण्डेलाई कावासोती नगरपालिकाको प्रमुख कार्यकारी अधिकृतका रुपमा खटाइएको छ ।
पुरुषोत्तम सुवेदीलाई कागेश्वरी मनोहरा नगरपालिका, पर्वत गिरीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा खटाइएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
प्रकाशित: १८ श्रावण २०८२ १२:४२ आइतबार