समाज

भारतको अयोध्याबाट छुटेको रेल जनकपुर आइपुग्यो

भारतको अयोध्याबाट सोमबार दिउँसो छुटेको रेल जनकपुरधाम आइपुगेको छ।

अयोध्याबाट छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको हो।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट झन्डा देखाएपछि यो रेल अयोध्याबाट जनकपुरका लागि हिँडेको थियो।

रेल र त्यसमा सवार तीर्थ यात्रीलाई जनकपुरमा विभिन्न सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकीसहित फूलमालाले स्वागत गरिएको थियो।

रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यो रेल सेवाले दुई देशको रोटीबेटी सम्बन्ध, धार्मिक पर्यटन तथा नेपाल–भारतबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: ८ मंसिर २०८३ १२:१० मंगलबार