समाज

टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने

टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ रु एक करोड २० लाख  प्रदान गर्ने भएको छ।

नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी एवं शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए।

यसैगरी, बाढीबाट क्षतिग्रस्त भएका क्षेत्रमा कुनै एक सार्वजनिक संरचना (सडक, पुल वा विद्यालय) निर्माणका लागि सम्बन्धित स्थानीय तहलाई रु एक करोड अनुदान उपलब्ध गराउने निर्णय भएको उनले बताए। 

प्रकाशित: १२ भाद्र २०८३ ११:५० शुक्रबार