समाज

अध्यागमन विभागको नयाँ महानिर्देशकमा तिवारी

गृह मन्त्रालयले अध्यागमन विभागको  महानिर्देशक परिवर्तन गरेको छ ।

विभागका महानिर्देशक गोविन्द रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी विभागको महानिर्देशकमा गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई पठाएको छ ।

यसैगरी त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णु प्रसाद कोइरालालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रमुख अध्यागमन अधिकृतमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई ल्याइएको छ । घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लामो समय सम्म प्रवक्ताको जिम्मेवारीमा रहेका थिए। 

खोटाङको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयकी सहसचिव कल्पना श्रेष्ठलाई पठाइएको छ ।

प्रकाशित: ३१ असार २०८२ १८:०९ मंगलबार

#NagarikNews