समाज

भरतपुरमा तीनवटा सवारीसाधन ठोक्कियाे, १५ जना घाइते

भरतपुरमा तीनवटा सवारीसाधन ठोक्किँदा १५ जना घाइते भएका छन्। 

भरतपुर महानगरपालिका-१ आँपटारीचोकमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु १ च ८५५२ नम्बरको बलेरो ठोक्किँदा पछाडिबाट आउँदै गरेको बा प्र. ०३-००१ ह २५४८ नम्बरको अटोसमेत बलेरोमा  ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

कार्यालयका अनुसार दुर्घटनामा परेर बसमा सवार १४ जना र एक जना अटोचालक घाइते भएका हुन्। उनीहरुमध्ये सात जनाको भरतपुर अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २१ चैत्र २०८२ १९:०९ शनिबार