समाज

काठमाडौंमा बाक्लो तुँवालो : मौसम धुम्म

कोशीको एक-दुई ठाउँमा वर्षा

अहिले देशका विभिन्न ठाउँमा बादल लागेको छ। 

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा बादल लागेको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिए। उनका अनुसार कोशी प्रदेशको एकदुई ठाउँमा फाट्टफुट्ट पानी पनि परिरहेको छ। तर अरु ठाउँको मौसम भने सफा रहेको छ।  

उनले भने, 'काठमाडौंमा बाक्लो तुँवालो लागेकाले पनि मौसम धुम्म भएको हो। पानी पर्ने सम्भावना अहिलेलाई देखिँदैन। यो बादलको प्रभाव अझै एकदुई घण्टा देखिनेछ।'  

साँझपछि मौसम खुल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार पहाडी भूभागको एकदुई ठाउँमा भने फाट्टफुट्ट पानी पर्नेछ।  

भोलि (बुधबार) र पर्सि (बिहीबार) पनि पहाडी भेगमा घाम लाग्दै बादल लाग्ने देखिन्छ। तर ठूलो पानी पर्ने सम्भावना कतैपनि नरहेको मौसमविद् अधिकारीको भनाइ छ।  

प्रकाशित: १९ फाल्गुन २०८२ १६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App