समाज

धादिङमा ७ सवारी आपसमा ठोक्किँदा यी हुन् घाइते भएका ३५ जना (नामसहित)

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–६, चालिसेमा शनिबार अपराह्न भएको सवारी दुर्घटनामा ३५ जना घाइते भएका छन्।

शनिबार दिउँसो करिब ४ बजे गोरखाबाट काठमाडौं आउँदै गरेका र काठमाडौंबाट बाहिरिँदै गरेका ७ वटा सवारी साधन एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो।

दुर्घटनामा बस, ट्रक, कन्टेनर र मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार गोरखाबाट काठमाडौं आउँदै गरेको बा १ प ९१७ नम्बरको बस, सोही दिशामा गइरहेको ग १ ख ८५५१ नम्बरको बस तथा विपरीत दिशा (काठमाडौंबाट गजुरी तर्फ) गइरहेको एनएल ०१ एबी ४६५४ नम्बरको भारतीय कन्टेनर (डिब्बा गाडी), जीजे ०३ एजेड ३२३१ नम्बरको भारतीय बस, बागमती प्रदेश ०६–००१ ग ००११ नम्बरको स्कुल बस, ना ४ ख ७१५ नम्बरको ट्रक र लु ९५ प ३०७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा परी ३५ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ भने अधिकांशको अवस्था सामान्य देखि मध्यम रहेको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको छ।

बागमती प्रदेश ०६–००१ ग ००११ नम्बरको बसमा चितवनको कालिका नगरपालिका–६ स्थित श्री सेकेन्डरी स्कुल रेडक्रस ग्रामका विद्यार्थी र शिक्षकहरू सवार थिए। दुर्घटनामा परी उक्त स्कुल बसमा सवार धेरै विद्यार्थी घाइते भएका छन्।

घाइतेहरूमध्ये धेरैजसोको धार्केस्थित साइबाबा सामुदायिक अस्पताल र अल्फामेडमा उपचार भएको छ भने केहीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। सामान्य चोट लागेका बिरामीहरू उपचारपछि डिस्चार्ज भइसकेका छन्।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी निरीक्षक नन्दराज जैशिको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो।

दुर्घटनाका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग साँझ ६:५५ बजेबाट एकतर्फी रूपमा सुचारु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिएका छन्।

घाइते भएका ३५ जनाको नामावली, ठेगाना र अवस्था

बस (बा १ प ९१७) मा सवार घाइतेहरू:

विनोद पोखरेल (५१ वर्ष)

ठेगाना: पालुङटार न.पा.–४, गोरखा

अवस्था: मध्यम (निधारमा चोट), काठमाडौं रिफर।

मिना पनेरु (३३ वर्ष)

ठेगाना: पालुङटार न.पा.–३, गोरखा

अवस्था: मध्यम (निधार, दाहिने हात र खुट्टामा चोट), काठमाडौं रिफर।

इन्द्र कुमारी देवकोटा (६९ वर्ष)

ठेगाना: पालुङटार न.पा.–१, गोरखा

अवस्था: मध्यम (निधारमा चोट), काठमाडौं रिफर।

सिता गजुरेल (६५ वर्ष)

ठेगाना: पुरानो गुहेश्वरी न.पा.–४, काठमाडौँ

अवस्था: मध्यम (निधारमा चोट), काठमाडौं रिफर।

अजय घिमिरे (४० वर्ष)

ठेगाना: राईनास न.पा.–१, लमजुङ

अवस्था: सामान्य (च्यापुमा चोट), छाउनी अस्पताल काठमाडौं रिफर।

सुर्य घिमिरे (४० वर्ष)

ठेगाना: राईनास न.पा.–१, लमजुङ

अवस्था: सामान्य (बाँया आँखा माथि चोट), डिस्चार्ज।

कुशल घिमिरे (१५ वर्ष)

ठेगाना: राईनास न.पा.–१, लमजुङ

अवस्था: सामान्य (बाँया आँखा मुनि चोट), डिस्चार्ज।

स्कुल बस मा सवार घाइतेहरू (श्री सेकेन्डरी स्कुल रेडक्रस ग्राम, चितवन)

उदय बहादुर थापा (४२ वर्ष, चालक)

ठेगाना: कालिका न.पा.–६, चितवन

अवस्था: सामान्य (दाहिने खुट्टामा चोट), उपचार भइरहेको।

सुवित थिङ (१६ वर्ष)

ठेगाना: कालिका न.पा.–६, चितवन

अवस्था: सामान्य, डिस्चार्ज।

कबिता सिङ (१५ वर्ष)

ठेगाना: कालिका न.पा.–६, चितवन

अवस्था: टाउकोमा १० टाँका, खुट्टामा सामान्य चोट, डिस्चार्ज।

यमवि श्रेष्ठ (१६ वर्ष)

ठेगाना: कालिका न.पा.–६, चितवन

अवस्था: निधारमा १० टाँका, सामान्य, डिस्चार्ज।

रमित परियार (१५ वर्ष)

ठेगाना: कालिका न.पा.–६, चितवन

अवस्था: दाहिने आँखा माथि १४ टाँका, सामान्य, डिस्चार्ज।

समिर मगर (१६ वर्ष)

ठेगाना: कालिका न.पा.–६, चितवन

अवस्था: टाउको र ढाडमा सामान्य चोट, डिस्चार्ज।

इस्माईल थिङ (१५ वर्ष)

ठेगाना: कालिका न.पा.–३, चितवन

अवस्था: सामान्य (आँखा र दाहिने हातमा चोट), उपचार भइरहेको।

कमला लामिछाने (३२ वर्ष)

ठेगाना: कालिका न.पा.–६, चितवन

अवस्था: सामान्य (दाहिने खुट्टामा चोट), उपचार भइरहेको।

सचिन गुरुङ (१३ वर्ष)

ठेगाना: कालिका न.पा.–६, चितवन

अवस्था: सामान्य (छातीमा भित्री चोट), उपचार भइरहेको।

शिव लामिछाने (२३ वर्ष)

ठेगाना: कालिका न.पा.–६, चितवन

अवस्था: सामान्य (दुवै खुट्टामा भित्री चोट), उपचार भइरहेको।

आस्विन प्रजा (१६ वर्ष)

ठेगाना: कालिका न.पा.–६, चितवन

अवस्था: मध्यम (टाउकोमा चोट), ट्रमा सेन्टर काठमाडौँमा उपचाररत।

राधिका चेपाङ (१६ वर्ष)

ठेगाना: कालिका न.पा.–६, चितवन

अवस्था: सामान्य (खुट्टामा चोट), ट्रमा सेन्टर काठमाडौँमा उपचाररत।

मिलन तामाङ (१६ वर्ष)

ठेगाना: कालिका न.पा.–६, चितवन

अवस्था: सामान्य, ट्रमा सेन्टरबाट डिस्चार्ज।

कशिस तामाङ (७ वर्ष)

ठेगाना: कालिका न.पा.–७, चितवन

अवस्था: सामान्य (घाँटीमा चोट), डिस्चार्ज।

सन्तोस प्रजा (१८ वर्ष)

ठेगाना: कालिका न.पा.–३, चितवन

अवस्था: सामान्य (बायाँ हात र टाउकोमा चोट), डिस्चार्ज।

बिराज तामाङ (१५ वर्ष)

ठेगाना: कालिका न.पा.–३, चितवन

अवस्था: सामान्य (घाँटीमा चोट), डिस्चार्ज।

जयराम अर्याल (१२ वर्ष)

ठेगाना: कालिका न.पा.–७, चितवन

अवस्था: सामान्य (टाउकोमा चोट), डिस्चार्ज।

निशान गुरुङ (१७ वर्ष)

ठेगाना: कालिका न.पा.–७, चितवन

अवस्था: सामान्य (टाउको र अनुहारमा चोट), डिस्चार्ज।

समिर परियार (१६ वर्ष)

ठेगाना: कालिका न.पा.–६, चितवन

अवस्था: सामान्य (नाकमा चोट), डिस्चार्ज।

जसमिन श्रेष्ठ (१६ वर्ष)

ठेगाना: कालिका न.पा.–३, चितवन

अवस्था: सामान्य (बायाँ कोखामा चोट), डिस्चार्ज।

कमल गुरा (२० वर्ष)

ठेगाना: कालिका न.पा.–२, चितवन

अवस्था: टाउको सुनिएको, डिस्चार्ज।

रबिना सुनार (१६ वर्ष)

ठेगाना: कालिका न.पा.–७, चितवन

अवस्था: सामान्य (बायाँ हातमा चोट), डिस्चार्ज।

प्रतिमा मगर (१८ वर्ष)

ठेगाना: इच्छाकामना गा.पा.–७, चितवन

अवस्था: सामान्य (दाहिने खुट्टा दुखेको), डिस्चार्ज।

आयुब बि.क. (१४ वर्ष)

ठेगाना: कालिका न.पा.–७, चितवन

अवस्था: सामान्य (दुबै हातमा चोट), डिस्चार्ज।

बिमला तामाङ (१५ वर्ष)

ठेगाना: कालिका न.पा.–७, चितवन

अवस्था: सामान्य (दाहिने खुट्टा र बायाँ हातमा चोट), डिस्चार्ज।

मोटरसाइकल (लु ९५ प ३०७) चालक

सेख खलि एस (५९ वर्ष)

ठेगाना: थाक्रे गा.पा.–६, महादेववेशी, धादिङ

अवस्था: गम्भीर (शरीरको विभिन्न भागमा चोट), शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको।

भारतीय कन्टेनर चालक

नाम नखुलेको (अन्दाजी ३०/३५ वर्ष)

ठेगाना: (नखुलेको)

अवस्था: गम्भीर (बायाँ खुट्टा र घाँटीमा चोट), ट्रमा सेन्टरमा उपचार भइरहेको।

बस (ग १ ख ८५५१) चालक

राजु कार्की (४४ वर्ष)

ठेगाना: पालुङटार न.पा.–३, गोरखा

अवस्था: सामान्य (हातमा चोट), डिस्चार्ज।

प्रकाशित: २० मंसिर २०८२ २१:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App