हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ।
आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा पहाडी भागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान गरिएको छ।
आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
शनिबार बिहान उपत्यका र खोँचका साथै तराई भेगका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने छ।
प्रकाशित: ११ मंसिर २०८३ ०६:३६ शुक्रबार