समाज

चार दिनदेखि धुम्म मौसम: कहिले झुल्किन्छ घाम ?

देशका थोरै स्थानमा फाट्फुट्ट पानी परिरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती, गण्डकी, मधेस र कोशी प्रदेशका एकदुई ठाउँमा हल्का पानी परिरहेको छ। देशभरी कै हिमाली भेगको मौसम भने बदली भएको छ। 

नेपालको उच्च भागमा पानी पर्ने प्रणाली रहेपनि त्यसो हुन नसकेको विभागकी प्रवक्ता वरिष्ठ मौसमविद् विभूती पोखरेलले नागरिकलाई जानकारी दिइन्। 'माथिल्लो भेगमा पानी पर्ने प्रणाली बनेको छ तर पानी पर्न सकिरहेको छैन।', उनले भनिन्, 'यसबारे हामीले हेरिरहेका छौं।'  

विभागका अनुसार पछिल्लो एक घण्टामा काठमाडौंमा १ दशमलव ४ मिलिमिटर पानी परेको छ।  

अझै दुईतीन दिन मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नभएको पनि विभागले जनाएको छ। स्थानीय वायुसँगै पश्चिमी वायु सक्रिय भएकाले मौसम पूर्ण रुपमा खुल्न नसकेको मौसमविद्को भनाइ छ।  

हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ भने पश्चिममा पश्चिमी वायुको प्रभाव पनि देखिएको छ।  

प्रकाशित: २५ फाल्गुन २०८२ १६:३० सोमबार