समाज

बाघले लियो ज्यान

घाँसदाउरा लिन जंगल गएकी कृष्णनगर नगरपालिका वडा नम्बर १० अमौलीकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । 

घर नजिकैको भारत बालरामपुरको बेलभरिया जंगलमा गएको बेला ३० वर्षीया उर्मिला कोरीलाई बाघले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश आचार्यले बताए ।  

मृतकको घाँटीसहित शरीरका विभिन्न भागमा चोट देखिएको छ । शवलाई भारतको बलरामपुर अस्पतालमा लगिएको छ ।  

बाघको आक्रमणबाट महिलाको मृत्यु भएपछि डिभिजन वन कार्यालय गौतमबुद्धले जंगलमा अनावश्य रुपमा नपस्न र सावधानी अपनाउन सूचनामार्फत आग्रह गरेको छ । 

प्रकाशित: ११ पुस २०८२ १६:१७ शुक्रबार