समाज

झाँझ खोलामा मृत भेटिएका पुरुषको सनाखत हुन सकेन

रौतहटको झाँझ खोलामा पुरुषको शव भेटिएको छ । गौर-पिपरा सडक खण्डको दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको सीमामा पर्ने झाँझ खोलामा शव तैरिरहेको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरीको टोली घटनास्थल पुगेको थियो ।  

दुर्गा भगवती गाउँपालिका- ५ र यमुनामाई गाउँपालिका- ४ को बिचमा बहने झाँझ खोलामा बिहीबार अज्ञात पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  

खोलाबाट शवलाई निकालेर प्रहरीले प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमको लागि पठाएको र शवको पहिचान तथा सनाखत साँझसम्म पनि हुन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कँडेलले जानकारी गराएका छन् ।  

घटनाबारे प्रहरीले छानबिन गरिरहेको प्रहरीको दाबी छ । 

प्रकाशित: २६ असार २०८२ १९:३० बिहीबार

#NagarikNews #NepaliNews