समाज

ज्यान गुमाएका तीन जनाको परिचय खुल्यो

जेन जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएकामध्ये तीन जनाको परिचय खुलेको छ ।  

जसमा ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षका श्रीथाम चौलागाइ, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ तथा कीर्तिपुर निवासी ४२ वर्षका बुद्धि तामाङ रहेको प्रहरीले जनाएको छ ।  

जेनजी प्रदर्शनका काठमाडौंका विभिन्न अस्पतालमा उपचाररतमध्ये १५ जना तथा इटहरीमा २ सहित अहिलेसम्म १७ जनाले ज्यान गुमाएका छन् । 

प्रकाशित: २३ भाद्र २०८२ १९:०७ सोमबार