धुर्कोट गाउँपालिका-५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको छ। धुर्कोट-५ का वडाध्यक्ष केशवराज भण्डारीकाे अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैंले घरमा आगो लगाएको थिइन्।
स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट तीन लाख रूपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ।
- रासस
प्रकाशित: ११ श्रावण २०८२ ०९:४० आइतबार