सरकारले हप्तामा दुई दिन बिदा दिने र बिहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय खोल्ने निर्णय भोलिदेखि नै लागु हुने भएको छ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले चैत २३ गतेदेखि लागु हुनेगरि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो।
यस्तै शैक्षित्र संस्थाबाहेक उल्लिखत कार्यालय तथा निकायको कार्यालय समय बिहान ९ देखि अपरान्ह ५ बजेसम्म हुने तर कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान ९ देखि ४ बजेसम कायम गर्ने निर्णय गरेको छ।
यसबारेको सूचना राजपत्रमा प्रकाशित भएसँगै भोलिदेखि नै यो निर्णय लागु हुने भएको हो।


प्रकाशित: २२ चैत्र २०८२ १९:३३ आइतबार



