समाज

शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो

विर्तामोडबाट इलामको माई नगरपालिका जोड्ने अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल बाढीले बगाएको छ । पुल बगाएसँगै शनिश्चरे–खुदुनाबारी आउजाउ गर्ने सो सडक पूर्णरूपमा अवरुद्ध भएको हो । 

उक्त पुल दुई वर्षअघि भाँसिएको थियो । २०७९ साउन २८ गते आएको बाढिले पुल चर्किएपछि यहाँबाट दुई पाङ्ग्रे सवारीसाधन मात्र आवत जावत गर्दै आएका थिए । पुल भाँच्चिएर सडक अवरुद्ध भएपछि दक्षिणमा अर्जुनधाराधाम हुँदै जाने अर्को सडकको बिरिङ पुलबाट यातायात सञ्चालन भइरहेको छ ।

 विसंं २०६५ मा भारत सरकारको रु दुई करोड सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए ।

प्रकाशित: २८ श्रावण २०८२ १६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App