समाज

नुवाकोट त्रिशूलीपारिको क्षेत्र सडक सञ्जालमा जोडियो

त्रिशूली नदीका पुलहरूमा बाढीले क्षति पुर्‍याएपछि आवागमन अवरुद्ध बनेको नुवाकोटको त्रिशूलीपारिको भू-भाग पुनः सडक सञ्जालमा जोडिएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार वैकल्पिक ट्रयाक मर्मत गरी यातायात सेवा सुचारु गरिएको हो।

मन्त्रालयका अनुसार गल्छी-त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुलपारिबाट नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी भएर त्रिशूली बजारसम्मको सडक खण्ड सञ्चालनमा ल्याइएको छ।

प्रकाशित: १५ भाद्र २०८३ १७:२० सोमबार