समाज

गुडरुङ खोलामा डुबेर किशोरको मृत्यु

कपिलवस्तुको बुद्धभुमी नगरपालिका-४ स्थित गुडरुङ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। साथीहरुसँग पौडी खेल्न जानेक्रममा १४ वर्षीय तुसार खनालको मृत्यु भएको हो।  

सोमबार दिउँसो साढे ३ बजेतिर खोलामा डुबेर बेपत्ता भएका खनालको शव प्रहरीले एक घन्टा पछि खोलाबाट बाहिर निकालेको जनाएको छ।  

शव पोस्टमर्टमका लागि कपिलवस्तु अस्पताल पठाइएको छ । 

प्रकाशित: १६ चैत्र २०८२ १९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App