समाज

गुडरुङ खोलामा डुबेर किशोरको मृत्यु

कपिलवस्तुको बुद्धभुमी नगरपालिका ४ स्थित गुडरुङ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।  

साथीहरुसंग पौडी खेल्नजाने क्रममा १४ वर्षीय तुसार खनालको मृत्यु भएको हो।  

सोमवार दिउसो साढे ३ बजेतिर खोलामा डुबेर बेपत्ता भएका खनालको शव प्रहरीले एक घन्टापछि फेला पारेको थियो।

शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाइएको छ। 

प्रकाशित: १६ चैत्र २०८२ १८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App